सन्धिखर्क नगरपालिकाद्वारा ४०% अनुदानमा किसानहरुका लागी कृषि मेसिनरी औजार सामाग्रीहरु हस्तान्तरण

| २०८१ बैशाख १३ गते १७: ३६ मा प्रकाशित

अशाेक खनाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिकाले आ.ब. २०८०/०८१ को स्वीकृत बजेट बाट ५० थान विभिन्न समूह सहकारी तथा फर्महरु लाई  कृषि मेसिनरी औजार मिनिटेलर , कम्वाइन मिल कर्न सेलर सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

शाखाले बिधुतिय टेन्डर मार्फत खरिदको निम्ति रु. २० लाखमा  सूचना प्रकाशित गरेकोमा   स्मार्ट पावर प्रालि . काठमाडौले रु. १५ लाख ३४ हजारमा सामाग्री ल्याउने जिम्मा लिएको थियो ।

   जस अन्तरगत हाते टेक्टर  १४ थान प्रती टेक्टर रु. ४७ हजार  कम्बाइन मिल (कुटानी पिसानिमिल) ३० थान प्रती थान रु. २७ हजार र कर्न सेलर ( मकै छोडाउने मिल) प्रती थान रु.११ हजारका दरले नगरपालिकाको ६०% तथा विभिन्न समूह सहकारी तथा फर्महरुको ४०% मा खरिद गरि हस्तान्तरण गरिएको थियो ।

  हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख मिश्रा आचार्य प्रमुख प्रशासकीय अधिकृत खुम भुसाल वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु नगरपालिका कृषि बिकाश शाखाका प्रमुख राजेन्द्र भट्टराई  विभिन्न शाखाका प्रमुखहरु लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्