पाणिनि गाउपालिका कांग्रेसमय बन्दै नेकपा जिल्ला कमिटी सदस्य चन्द्रकान्त पौडेल सहित १७६ जना कांग्रेसमा प्रबेश

| २०७८ कार्तिक १४ गते १७: ३४ मा प्रकाशित

माधव  पौडेल  ,पाणिनि। 
 पाणिनि १४ असाेज।अर्घाखाँचीकाे पाणिनि गाउँपालिका वडा नम्बर २ पाेखराथाेकमा  नेकपा एमाले र नेकपा  माअाेवादी परित्याग गरि १ सय ७६ जना  नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गाैतमकाे पहलमा पाणिनि २ पाेखराथाेकका विभिन्न स्थानबाट पाेखराथाेकमा भएको कार्यक्रममा विभिन्न पाटी परित्याग गरी  नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।

 कांग्रेसमा प्रबेश गरेका चन्द्रकान्त पाैडेल, देवराज गाैतम ,खगेन्द्र बहादुर बिक, लगायतका  १ सय ७६ जनालाई कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , आमन्त्रित सदस्य बालकृष्ण पाण्डे ,जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान ) ,  र क्षेत्रीय सभापति अच्युत गाैतमले अविर , माला र कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेश गराउनु भएको हाे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , आमन्त्रित सदस्य बालकृष्ण पाण्डे  , कमल प्रसाद भुसाल र क्षेत्रीय सभापति अच्युत गाैतम, पाणिनिका सभापति तुल्सी पाैडेल लगायतले मन्तब्य राख्नु भएको थियोे।

प्रतिक्रिया दिनुहोस्