पाणिनीका २४ बर्षिय एक युवकको भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण स्थलमा निधन

| २०७८ मंसिर २२ गते १९: १३ मा प्रकाशित

कमला घिमिरे,पाणिनी। अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका ३ खिदिम स्थित फर्सवाटाकुराका युवकको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण स्थलमा निधन भएको छ।

 खिदिम फर्सवाटाकुरा निबासी २४ बर्षिय युवक अमृत अर्यालको मङ्सिर २१ गते अर्थात् हिंजो मंगलबारको दिन भैरहवा स्थित अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण स्थलमा काम गर्दागर्दै दुर्घटनामा परि दु:खद निधन भएको खबर प्राप्त भएको छ। 

घटनाको बृस्तृत जानकारी आउँन बाँकी रहेको छ। 
.

प्रतिक्रिया दिनुहोस्