नेपाली काँग्रेसका महामन्त्री थापा अर्घाखाँचीको दुर्गाफाँट आउँदै

| २०७८ पौष १४ गते १७: २० मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। भर्खरै मात्र समपन्न भएको नेपाली कांग्रसको १४ औँ महाधिवेशन बाट महामन्त्री पदमा निर्वाचित भएका युवा नेता गगन थापा अर्घाखाँची आउँने भएका छन्। 

२०७८ साल पौष  १९ गते सोमबार को दिन नेपाली काङ्ग्रेस पाणिनी गाउँपालिका द्वारा आयोजित बृहत् आमसभा लाई सम्बोधन गर्न महामन्त्री थापा अर्घाखाँचीको दुर्गाफाँट आउँन लागेका हुन्। 

थापा १४ औँ महाधिवेशन बाट महामन्त्री पदमा निर्वाचित भएपछि संववत पहिलो पटक अर्घाखाँची आउँन लागेका हुन्। महामंत्री गगन थापा अर्घाखाँची आउँने खबर ले काँग्रसका कार्यकर्ताहरु उत्साहित रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्