अर्घाखाँचीको पाणिनी मा गाउँपालिका उपाध्यक्ष एमाले छाडेर कांग्रेसमा प्रवेश

| २०७८ पौष १९ गते १५: १४ मा प्रकाशित

पाणिनी। अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम एमालेबाट कांग्रेसमा प्रवेश गरेकी छन्। गौतमसहित करिब २ सय  जनालाई पार्टीमा भित्र्याइएको कांग्रेस पाणिनी गाउँपालिका कार्यसमितिले जनाएको छ। 

उनीहरुलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन्। 

पाटी प्रवेश तथा आमसभामलाई सम्बोधन गर्न गगनसँगै कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायत आएका छन्। 

प्रतिक्रिया दिनुहोस्