पाणिनि गाउपालिका उपाध्यक्ष लक्ष्मी गौतम एकपछि अर्काे पाटि मा प्रवेस गर्ने क्रम तीब्र: एकीकृत समाजवादी छाडि कांग्रेसमा प्रबेश

| २०७८ पौष २० गते २०: ०३ मा प्रकाशित

माधब पौडेल ,पाणिनी। अर्घाखाँची जिल्लाको दुर्गाफाँटमा नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आयोजनामा वृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रम हिजो सम्पन्न भएको छ ।

पाणिनी गाउँपालिकाले आयोजनामा वृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले अब नयाँ उर्जाका साथ काम गर्ने बताएका छन् । गुट र समुहको अन्त्य गरी पार्टीलाई नयाँ उर्जाका साथ अँगाडी बढाउन आफु कम्मर कसेर लाग्ने उनले बताए । उनले पाटी भित्रका गुट र भागबण्डाको अन्त्य गर्दै बिधान सम्मत ढंगले पार्टीलाई चलाउने प्रतिबद्धता व्यक्त गरे । 

महामन्त्रीमा निवार्चित भएपछि उपत्यका बाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै नेता थापाले स्थानीयतहको निर्वाचन बैशाखमा हुने तथा प्रदेश र संघको निर्वाचन मंसीरमै हुने भएकाले निर्वाचनको तयारीमा लाग्न कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।कार्यक्रम  मा पाटि प्रबेस को क्रम मा गत निर्वाचन  मा ने क पा एमाले बाट निर्वाचित पाणिनि गाउपालिका उपाध्यक्ष  लक्ष्मी  गौतम यश भन्दा पहिला नै एमाले छाडि एकीकृत समाजवादी मा जानुभएको  थियो उहाँ एस निकट  को केन्द्रिय  सदस्य समेत हुनुहुन्थ्यो फेरो  यो दल पनि छाडेर कांग्रेस  मा प्रबेश गर्नु भएको  छ  ।उहाँ को प्रबेश ले समाजिक संजाल  तताउने  काम समेत गरेको छ।

कार्यक्रमलाई संबोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसालले एमालेको आचरणका कारण देशले ठुलो मुल्य चुकाउनु परेको बताईन् ।दुर्गाफाँटमा भएको कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी लगायतका सयाै‌ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

आमसभालाई कांग्रेस केन्द्रिय सदस्य संजय गौतम, प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ, नेविसंघका महामन्त्री युवराज पाण्डे लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रम कांग्रेस पाणिनीका सभापति तुल्सी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन  सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्