पाणिनीको मैदानमा मनकामना दुग्ध डेरिको उद्घाटन

| २०७८ माघ २१ गते १७: ०० मा प्रकाशित

कमला घिमिरे,पाणिनी। पाणिनी गाउँ पालिका वडा नं ५ मैदानमा मनकामना दुग्ध डेरि वडा नं ५ का अध्यक्ष जिवलाल घिमिरे द्वारा उद्घाटन भएको हो। 

गाउँपालिका र वडाको संयुक्त मा संचालन भएको दुग्ध डेरि उद्घाटन गर्दै  किसानहरुले चुनैती र सम्भावनाको बिच बाट अगाडि जान सक्ने हो भने चुनैतिको सामान गर्दै सम्भावना उपयोग गर्न सक्यौ भनी किसान दाजुभाइ दिदिबहिनी हरुको जीवन स्तरमा उल्लेख सुधार आउने छ र रोजगारको निम्ति कुनै पनि युवा प्रदेश जान नपर्ने  वडा अध्यक्ष जिवलाल घिमिरेले बताए। 

कार्यक्रम गणेश घिमिरे ,नेकपा .एमालेका अध्यक्ष इन्द्रमणि घिमिरे  ने क.पा माओवादी केन्द्र पाणिनी का सचीव बुद्धि जिसि, देउराली डेरि तथा छुर्पी उद्योग संचालन तिलक गरै,नेपाली काङ्ग्रेस वडा नं५ का सभापति गणेश घिमिरेको को अतित्था रहेको थियोे। 

उक्त कार्यक्रम मा स्वागत मन्तव्य गणेश प्रसाद घिमिरेले बोल्दै  गाउँ मै दुग्ध डेरि संचालन गर्न पाउँदा र कृषि ब्यवसाय गर्न सक्ने हो भने आफ्नै ठाउँमा बसेर आफ्नो जिविका आफै चलाउन सकिन्छ ! बताउनु भएको छ। 

त्यस्तै नेपाली काङ्ग्रेस मैदान ५ का सभापति गणेश घिमिरेले आफ्नो समृद्धिको बाटो लाई अगाडी बढाउनको निम्ति कृषि ब्यवसाय लाई अगाडि बढाउदै जाने हो भने सबै आफ्नो खुट्टामा उभिन सक्ने युवाहरु प्रदेश जान नपर्ने त्यसको निम्ति मेहनत आफ्नै ठाउँबाट गर्न अनुरोध गर्नु भएको छ। 

,नेकपा .एमालेका अध्यक्ष इन्द्रमणिने क,पा माओवादी केन्द्र  सचीव बुद्धि जिसि देउराली डेरि तथा छुर्पी उद्योग संचालन तिलक गरै,ले 
समेतले  कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियोे। 

उक्त कार्यक्रम नारायण गैरेको संचालन र कृष्ण घिमिरे सभापतिमा सम्पन्न भएको हो। 

प्रतिक्रिया दिनुहोस्