पाणिनिको अध्यक्षमा टेकराज न्यौपानेलाई निर्विरोध उम्मेदवार बनाउँने एमालेको निर्णय

| २०७८ चैत २७ गते २०: ०० मा प्रकाशित

प्रेमनारायण आचार्य। नेकपा एमालेले अर्घाखाँचीको शितगंगा र भुमिकास्थान नगरपालिकामा निर्विरोध रुपमा उम्मेद्वार टुंगाएको छ । शितगंगाको मेयरमा बसन्त श्रेष्ठ र उप मेयरमा गिता भटलाई उममेद्वार बनाउने निर्णय गरेको छ । भुमिकास्थान नगरपालिकाको मेयरमा रेशम थापा र उपमेयरमा बसन्ता पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।पाणिनिको अध्यक्षमा टेकराज न्यौपानेलाई निर्विरोध उमेद्वार बनाएको छ । 

सन्धिखर्कको मेयरको लागि ४ जनाको नाम सिफारिस गरेको छ । जसमा कृष्ण प्रसाद श्रेष्ठ, श्रीकृष्ण भुसाल, खुबिराम आचार्य, युवराज श्रेष्ठ रहनु भएको छ । 
उपमेयरमा मिश्रा आचार्य, शुसिला गैरे, पार्वता श्रेष्ठको नाम सिफारिस गरेको छ । मालारानीमा अध्यक्षको लागि जनार्दन खनाल, बालकृष्ण आचार्य र दलबहादुर भट्टराईको नाम सिफारिस गरेको छ । 

उपाध्यक्षमा इन्दिरा आचार्य, जानका खनाल, जुना घिमिरे, दिपा पोख्रेल, लक्ष्मी अर्यालको नाम  सिफारिस भएको एमालेका नेता लिलबहादुर बिकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्