अर्घाखाँचीको पाणिनीमा ट्याक्टरले कि'च्दा एक बालिकाको मृ'त्यु

| २०७८ चैत ३० गते १४: ५३ मा प्रकाशित

हरिप्रसाद,अर्घाखाँची ।अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं ८ पालीमा ट्याक्टरले किच्दा एक बालिकाकाे ज्यान गएकाे छ ।

अर्वका आधारभुत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षिया बालिका नमुना कुमाललाई लु २ त ९३७१ नम्वरकाे ट्याक्टरले किचेकाे र उनकाे घटनास्थलमै ज्यान गएकाे हाे ।

ट्याक्टरमा बसेर बिद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेकाे र ट्याक्टरकाे बिचकाे टायरले किचेकाे प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

अर्बका आधारभुत विद्यालयका शिक्षक पदम पाैडेलका अनुसार बिहान करिव ९ बजेतिर दुर्घटना भएकाे हाे । मृतक बालिका परीक्षा दिनकाे लागि बिद्यालय आउदै थिइन ।

बिद्यालय आउनै लागेपछि बालिका आत्तिएर झरेकाे र ब्रेक लगाउदा लगाउदै विचकाे टायरमा टाउकाे परेकाे स्थानियले बताए । ट्याक्टर र चालकलाई प्रहरिले नियन्त्रणमा लिईसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्