पाणिनी गाउँपालिको अध्यक्षमा टेकराज न्यौपाने, को हुन न्यौपाने ?

| २०७९ बैशाख ५ गते २०: ४७ मा प्रकाशित

माधव पौडेल , अर्घाखाँची ।स्थानिय तहको निर्वाचन मिति बैसाख ३० नजिकिए सँगै पाणिनी गाँउपालिकामा पनि राजनैतिक चहलपहल बढेको छ ।

पाणिनी गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । गत ७४ सालको स्थानीय तहको निर्वाचनमा निकै प्रतिस्पर्धा भएको पाणिनी गाउँपालिकामा ४ वटा वडा एमाले र ४ वटा वडा कांग्रेसले जितेको थियो भने गाउँपालिका अध्यक्ष कांग्रेसले र उपाध्यक्ष एमालेले जितेको थियो ।यो एउटा समान अवस्थाको मत परिणामको स्थिती रहेको पालिकामा अहिले एमालेले गाउँपालिका अध्यक्षको लागि उमेद्वारको टुंगो लगाए सँगै झन् चुनाबी माहोल झनै तातेको छ । पाणिनी गाउँपालिको अध्यक्षमा टेकराज न्यौपाने लाई नेकपा एमालेले अगाडि सारेको छ ।

को हुन टेकराज न्यौपाने ?

वि. स. २०२३ बैसाख २९ गते पाणिनी गाउँपालिकाको अडगुरी भञ्ज्याङमा जन्मिएका न्यौपाने विधार्थी जीवन बाटै राजनैतिक क्षेत्रमा सक्रिय छन् ।उनी जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क चुत्राबेशीमा कक्षा ८ मा अध्यन गर्दा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भए ,कक्षा ९ मा अध्यन गर्दा सारदा माध्यमिक विद्यालय सतिनेटा अनेरास्ववियु विद्यालय कमिटी को सचिव भएका उनि एसएलसी उत्तीर्ण हुँदै त्यहा भन्दा माथि को शिक्षाको लागि भारत गएका थिए ।

२०४९ साल देखि २०७० साल सम्म श्री विद्या विनोद माध्यमिक विद्यालय अड्गुरीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भइ अर्घाखाँची जिल्लाकै नमुना विद्यालयको छनोटमा विद्यालयलाई पार्न सफल भएका हुन् ।

वि स २०५१ सालमा तत्कालिन अड्गुरी गाविस को सचिव भएका न्यौपाने वि. स. २०५४ सालमा अड्गुरी गाविसको ने क पा एमालेको तर्फबाट गाविस अध्यक्षको उमेद्वारी सँगै झिनो मतले पराजित भएका थिए । वि स २०५९ सालमा नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटी सदस्य हुँदै वि स २०७४ सालमा नेकपा एमाले संपर्क मञ्च अध्यक्ष हुँदै अहिले नेकपा एमाले पाणिनी गाउँपालिका कमिटी इन्चार्ज पनि हुन् ।

गाउँपालिका इन्चार्ज भए सँगै नेकपा एमालेको तर्फबाट पाणिनी गाउपालिकाको अध्यक्षमा उमेद्वारी दिएका न्यौपाने पालिका कमिटिको सर्वसम्मत चयन भएका उमेद्धवार हुन । उनका चुनाबी एजेण्डा पनि जनतालाई प्रतक्ष्य र सकारात्मक प्रभाव पार्ने खालका रहेका छन् । शिक्षा ,स्वास्थ्य, खानेपानी ,बाटो ,कृषि लगायतका क्षेत्रको विकास उनको मुख्य लक्ष्य रहेको छ ।

सालिन स्वभाव, बौद्धिक ब्यातित्व, प्रष्ट विचार र स्पष्ट धारणा भएका उनि आफ्ना एजेण्टा सहित जनताको घर दैलोमा पुगेका न्यौपानेलाई जनताले रुचाएका छन् । उनी पैसा कमाउनको लागि राजनीतिकमा नआएको, जनताको सेवा गर्नको लागि आफ्नो उमेद्वारी दिएको बताउँछन।पैसा भन्दा ठूलो जनता को सेबा रहेको उनी बताउँछन् । उनको यो उमेद्वारीले पाणिनीको स्थानीय तहको चुनाव एकलौटी हुने एमाले कार्यकर्ता बताउने गरेका छन् । यद्यपि पाणिनीको चुनाव प्रतिस्पर्धात्म हुने निश्चित त देखिन्छ नै कांग्रेसले समयमै उमेद्धवारको छनोट गर्न नसक्नुले पनि न्यौपानेलाई थप बल पुगेको उनका सहयोगिहरुले बताउने गरेका छन् ।

टेकराज न्यौपानेको उमेद्वारी यतिबेला सबैको बहसको विषय पनि बनेको छ भने विपक्षिलाई फलामको चिउरा बनेको उनको उमेद्धवारिले राजनितिमा इमान्दारको आशा पुरा भएको अनुमान पनि स्थानियहरुले गरेका एमाले निकट युवाहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्