पाणिनी पत्रकार समाजलाई बैधानिकता प्रदान

| २०७९ भदौ १२ गते २०: ४६ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पाणिनी पत्रकार समाजलाई आज (भाद्र १२ गते) बैधानिकता प्रदान गरेको छ। 

जसको अध्यक्षमा प्रकाश प्युठानी, उपाध्यक्ष सुवास गौतम, महासचिव भिम विश्वकर्मा, सचिब माधव पौडेल, सहसचिव कमला घिमिरे, कोषाध्यक्ष रुक्मागत भट्टराई, सदस्यहरुमा संगम भट्टराई, घनश्याम भट्टराई र कमला परियार रहेका छन् ।

पाणिनीको बिकासमा हातेमालो र हरेक अनियमितता तथा लुकाउन खोजिएका घटनाको उजागर गर्न पाणिनीका सबै पत्रकार एकजुट हुनु पर्ने आबश्यकता देखिएकोले संस्था गठन गरि दर्ता गरिएको समाजका महासचिव भिम विश्वकर्माले बताए ।

पाणिनी पत्रकार समाज विशुद्ध गैर राजनीतिक, पेशागत हक हित तथा जनहितकारी संस्था हुने समाजका अध्यक्ष प्रकाश प्युठानिले जानकारी दिए ।
प्युठानिका अनुसार संस्थामा पत्रकारिता गर्दै आएका जोकोही पनि जोडिन सक्नेछन् । पत्रकारहरु एकजुट हुन सके मात्र पेशागत सुरक्षा हुने र तब मात्र सबै कुरामा आवाज उठाउने सकिने उनको भनाइ छ ।

साथै उनले संस्था दर्ताको लागि आ(आफ्नो स्थानबाट सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यबाद ब्याक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्