अर्घाखाँची क्षेत्र नं.-२ को प्रदेशसभा सदस्यमा रामजी प्रसाद घिमिरेको उम्मेदवार

| २०७९ भदौ २० गते १४: ५० मा प्रकाशित

शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेले अर्घाखाँची क्षेत्र नं.-२ को प्रदेशसभा सदस्यमा रामजी प्रसाद घिमिरेलाई  उम्मेदवार बनाउने भएको छ ।

नेकपा एमाले २ नं. प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टीका प्रदेश सचिवालय सदस्य समेत रहनुभएका घिमिरेलाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । उहाँ अर्घाखाँची जिल्लाका लोकप्रिय नेता हुनुहुन्छ । प्रखर वक्ता समेत रहनुभएका घिमिरेले जिल्लाको बिकास निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ ।

सर्वसम्मत उम्मेदवार चयन भएपछि नेता घिमिरेले कार्यकर्ताको विश्वास र जनताको अपार माया रहेको बताउनुभयो । उहाँले जनसेवा वाहेक आफुले जिवनमा कुनै पनि कुरा नस‍ोंचेको भन्दै जिवनभर देश र जनताको सेवामा समर्पित हुने बताउनुभयो । घिमिरेले पार्टी निर्णयलाई सहर्ष स्वीकार गर्दै सबै क्षेत्र बाट सहयोग पाउने अपेक्षा समेत प्रकट गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले नेकपा एमालेलेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
उहाँले अहिले मुलुकमा राष्ट्रवादी र राष्ट्रघाती शक्तिको बीचमा भिडन्त भैरहेको भन्दै उहाँले राष्ट्रियताको रक्षा ,बिकास र समृद्धिको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । वर्तमान परमादेश सरकारका कारण मुलुकमा बिकास निर्माणको काम अबरुद्धभएको ,भ्रष्टाचारबढेको ,अनियमितता र अस्थिरताले प्रश्रय पाएक‍ो भन्दै उहाँले ५ दलिय गठबन्धनलाई जनताले निर्वाचनमा परास्त गर्ने बताउनुभयो ।

नेकपा एमाले २ नं. प्रदेश समन्वय कमिटीका संयोजक रामचन्द्र पोख्रेलको अध्यक्षता,सचिव कृष्णप्रसाद श्रेष्ठ र सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य तथा सह-ईन्चार्ज चेतनारायण आचार्य ,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरे ,जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई अत्यधिक बहुमतले बिजयी गराउनुपर्ने बताउनुभयो ।

बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समग्र योजना निर्माण र परिचालनको निम्ति प्रदेश निर्वाचन क्षेत्र नं.-२ मा नेकपा एमाले प्रदेश कमिटीका सदस्य जिवनारायण कोईरालाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । परिचालन कमिटीमा प्रदेश सल्लाहकार परिषद्का सदस्य ,क्षेत्र भित्रका जिल्ला सदस्य,क्षेत्रीय कमिटी ,पालिका कमिटीका पदाधिकारी ,वडा कमिटीका अध्यक्ष ,जनसंगठनका केन्द्र र प्रदेश कमिटीका सदस्यहरु तथा जिल्ला कमिटीका अध्यक्ष ,काठमाडौं र रुपन्देही सम्पर्क मञ्चका पदाधिकारी,लुम्बिनी सम्पर्क समन्वय कमिटीका सदस्यहरु रहेका छन् ।
यसैगरी बैठकले क्षेत्रीय समन्वय कमिटीका संयोजक रामचन्द्र पोख्रेलको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय क्षेत्रीय प्रचारप्रसार कमिटीको निर्माण गरेको छ ।

कमिटीको सदस्यमा क्षेत्रीय कमिटीका सदस्य ,पालिका कमिटीका सदस्य ,वडा कमिटीका सदस्य,जन संगठनका जिल्ला तथा पालिका कमिटीका सदस्य एवं वडा पदाधिकारीहरु रहेका छन् ।

यसैगरी बैठकले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य प्रेमनारायण गैरे को संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन परिचालन कमिटी गठन गरेको छ ।

कमिटीको सदस्यमा भीम के.सी.,कृष्णप्रसाद श्रेष्ठ ,युवराज श्रेष्ठ ,टेकराज न्यौपाने ,गीता भाट,रेशम थापा,मोतिजङ्ग रायमाझी ,श्रीकृष्ण भुसाल ,वसन्त श्रेष्ठ र गुनाखर अधिकारी रहनुभएको छ ।

बैठकले पालिका तथा वडा तहसम्म असौज-१५ गतेसम्म निर्वाचन परिचालन ,प्रचारप्रसार ,स्वयंसेवक परिचालन ,आर्थिक व्यवस्थापन समिति गठन गर्ने लगायतका निर्णय गरेको एमाले जिल्ला कार्यालय सचिव लिलबहादुर बि.क. जानकारी दिनुभयो ।स्रोत -  कामना दैनिक 

प्रतिक्रिया दिनुहोस्