पाणिनी तपोभुमि विश्वकै ऐतिहासिक ठाउँ हो, विकासमा प्रतिवद्ध छौँः भुसाल

| २०७९ कार्तिक १६ गते १४: ५२ मा प्रकाशित

पाणिनी। संयुक्त गठबन्धनले अर्घाखाँचीमा निर्वाचन लक्षित कार्यक्रमलाई तिब्रता दिएको छ । यसैक्रममा पाणिनी गाउपालिकाको पणेना, पोखराथोकमा मतदातासँग कुरा गर्दै प्रदेश (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार कमल भुसालले पाणिनी तपोभुमिलाइ रास्ट्रिय स्तरको पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन ।

पाणिनी तपोभुमी राज्यका १०० गन्तव्य मध्येको ऐतिहासिक ठाउँ हो, यहाँको विकासका लागी सबै प्रतिवद्ध छौँ, भुसालले भने ।पाणिनी गाउँपालिका भौगोलिक हिसाबले बिबिधता बोकेको र यहाँ पर्यटकिय हिसाबले पनि उत्तिकै महत्व राखेको भन्दै यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने भुसालले बताए ।

 संस्कृत ब्याकरणको उत्पत्तीको क्षेत्र पाणिनी तपोभुमि भएको भन्दै यस क्षेत्रलाइ रास्ट्रिय स्तरमा चिनाउन जरुरी भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्