पाणिनिलाई आलुवीउमा आत्मनिर्भर वनाउने लक्ष्यमा धातिवाङको श्यामलाल कृषि फ़र्म अर्घाखाँची

| २०७९ मंसिर २२ गते १७: ०० मा प्रकाशित

डिआरजी सुमन,धातिवाङ।
विहिवार, २२ मंसिर २०७९ । अर्घाखाँची,पाणिनि गाँउ पालिका वडा नं ६ धातिवाङ स्थित श्यामलाल कृषि तथा मौरिपालन फ़र्म मा यतिवेला लाखौको विउ आलु उत्पादन भईरहेको छ । पाणिनि गाँउ पालिकामै उत्कृष्ट उदाहरण प्रस्तुत गर्नेगरी विगत तीन वर्षदेखी आलु वीउ उत्पादन लाई नै प्राथमिकतामा राखेर पेशागत कृषि प्रणालीमा लागेको श्यामलाल कृषि तथा मौरीपालन फ़र्मका प्रोप्राईटर श्यामलाल पौडेलले स्वतन्त्र पत्रकार डिआरजी सुमनसँग वताउनु भएको छ । 

तस्वीर - डिआरजी सुमन/धातिवाङ,अर्घाखाँची ।

 

पाणिनि गाँउ पालिका ६ धातिवाङको जिमिरेमा २१ ओटा अस्थायी टनेल र १ स्थायी टनेल निर्माण गरी व्यावसायिक कृषि पेशा सुरुगरेका पौडेललाई यतिवेला स्थानीय सरकार र कृषि ज्ञान केन्द्र अर्घाखाँचीले समेत सपोट गरेको छ । 

तस्वीर डिआरजी सुमन/धातिवाङ,अर्घाखाँची ।

पाणिनि गाँउ पालिकामा उदाहरणीय कार्य गर्नेगरी वीउ आलु उत्पादमा लागेका पौडेलले गतवर्ष ४२ क्वीनटल आलु भैरहवा स्थित चिस्यान केन्द्रमा पुग्याएका पौडेलले यसवर्ष १२५ क्लवीट लक्ष्य विउ उत्पादन गर्नेगरी योजना वनाएको वताउनु भएको छ । पाणिनि गाँउ पालिका को ५०% अनुदान र व्याक्तिगत ५०% लगानीमा संचालन गरिएको आलुविउ उत्पादन कार्यक्रम लाई आगामी वर्षमा पाणिनि गाँउ पालिका लाई आवश्यक आलुविउ उत्पादन गरी पाणिनि गाँउ पालिका लाई आलु विउ उत्पादन को क्षेत्रमा आत्मनिर्भर वनाउने लक्ष्यमा लागेको वताउनु भएको छ । 

तस्वीर डिआरजी सुमन/धातिवाङ,अर्घाखाँची ।

पाणिनि गाँउ पालिका ६ धातिवाङ स्थित वाँझो जग्गा लिजमा लिएर संचालनमा आएको कृषि फ़र्मवाट  कामदारको अभावमा पनि उत्पादनमा ह्रास आएको छैन । कृषि पेशा अवलम्बन गरी स्वरोज़गार वन्न चाहाने युवाहरुको लागी फुलटाईम र पार्ट टाईम रोज़गार को पनि अवसर रहेको फ़्रॉमका संचालनक पौडेलले वताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्