पाणिनी गाउँपालिकामा एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न

| २०७९ पौष २४ गते १५: ४४ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची । अर्घाखाँची जिल्ला पाणिनी  गाउँपालिकामा एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

जिल्ला समन्वय समिति अर्घाखाँचीले आयोजना गरेको  कार्यक्रममा स्थानीय तह वित्तीय सुशासन, जोखिम मुल्यांकन सम्बन्धि प्रशिक्षण दिइएको हो। 

 पाणिनी  गाउँपालिकामा एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि १ दिने अनुशिक्षण कार्यक्रम भएको हो !उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकका रुपमा हरिप्रसाद शर्मा र विनोद कुवर रहेका थिए। 

 एकदिने अनुशिक्षण कार्यक्रम 

पाणिनी  गाउँपालिकामा एकदिने अनुशिक्षण कार्यक्रममा गाउँ पालिका अध्यक्ष टेकराज न्योपानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला,पालिका उपाध्यक्ष नमर्दा पौडेल र प्रशासकीय अधिकृत हुमलाल भुसाल र ८ नं वडाका अध्यक्षको विशेष आतिथ्यता रहेको थियोे । कार्यक्रम बिनोद कुवरकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्