"आई लब यु" युवा समुहद्वारा आयोजित खुल्ला भलिवल प्रतियोगीतामा अर्घाखाँचीबुलेटिन भलिवल क्लब फाइनलमा

| २०७९ माघ ८ गते १९: ०० मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर - २ पोखराथोकमा आई लब यु युवा समुहद्वारा आयोजित खुल्ला भलिवल प्रतियोगीतामा अर्घाखाँचीबुलेटिन भलिवल क्लब र श्रीनगर युवा क्लव पाल्पा फाइनलमा प्रवेश गरेका छन्। 

परिवर्तित युवा क्लब संग आज भएको पहिलो सेमीफाइनल खेलमा अर्घाखाँचीबुलेटिनले  उक्त टिमलाई ३- ० को सिधा सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। 

त्यस्तै दोश्रो सेमिफाइनलमा श्रीनगर युवा क्लब पाल्पाले पाणिनि स्पाेर्टस ऐकेडेमि लाई ३- ० को सिधा सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। 

परिवर्तित युवा क्लबले पाणिनि स्पाेर्टस ऐकेडेमि लाई ३-१ को सेटले पराजित गर्दै प्रतियोगितामा तृतीय स्थान हाँसिल गरेको छ। 

भोलि अर्थात माघ ९ गते बिहान ८ बजे अर्घाखाँचीबुलेटिन भलिवल क्लब र श्रीनगर युवा क्लव पाल्पा बीच फाइनल खेलको कडा प्रतिष्पर्धा हुने छ। 

प्रथम हुने समुहले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्ने छ भने द्वितीय हुने समुहले ६० हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने छ। त्यस्तै तृतीय स्थान हाँसिल गर्ने समुहले ४० हजार ४ सय ४४ रूपैयाँ हाँसिल गर्ने छ। 

प्रतिक्रिया दिनुहोस्