अर्घाखाँचीको पाणिनी २ पोखराथोकमा जारी खुल्ला पुरुष भलिबल प्रतियोगितामा तृतीय स्थान पाणिनी

| २०७९ माघ ८ गते २०: ४३ मा प्रकाशित

झनक केसि,पाणिनी।  
माघ ८ - अर्घाखाँची जिल्ला पाणिनी गाउपालिका वाड न २ पोखराथोकमा ३ दिनदेखी जारी खुल्ला स्तरिय पुरुष भलिबल प्रतियिगितामा आई लभ यु युवा समुह पाणिनी ५ मैदान अर्घाखाँचीले आयोजना गरेको भलिबल प्रतियोगितामा पाणिनी स्पोर्टस एकेडेमीलाई पराजित गर्दै परिवर्तित युवा क्लब पाणिनी तृतिय स्थान हात पारेको छ। 

आज भएको खेलमा परिवर्तित युवा क्लब मैदानलाई बेस्ट अफ फाइभ खेलम परिवर्तित पाणिनिले  ३ पाणिनी एकेडेमी १ खेल्दै सोझो सेटमै परिवर्तित युवा क्लब पाणिनिले तेस्रो स्थान हात पारेको छ। भोलि फाइनल खेल पाल्पाको श्रीनगर युवा क्लब भर्सेज अर्घाखाँची बुलेटिनको घम्सा घम्सी हुने भएको छ। फाईनल खेल बिहान ८ बजेदेखी खेलाइने आयोजक आई लभ यु समाजका अध्यक्ष लोकबहादुर रसाईलीले बताए । खेलमा १० टिमको सहभागीता रहेको थियो ।

भलिबल खेलमा बिजेतालाई क्रमश १ लाख १ हजार १ सय ११, द्धृतियलाई ६० हजार ६ सय ६६, तृतियलाई ४० हजार ४ सय ४४ सहित शिल्ड, ट्रफी, प्रमाणपत्र दिईने आयोजक समितीका सञ्चार संयोजक संगम भट्टराईले बताए । जिल्लामै ऐतिहासिक खेलको सुरुवात पाणिनीको ग्रामिण भेगमा पहिलोपटक सुरुवात भएको हो ।

प्रतिक्रिया दिनुहोस्