मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत ग्रामीण अल्ट्रासाउन्ड घुम्ती सेवा पोखराथोक स्वास्थ्य चौकीमा सम्पन्न

| २०७९ चैत २८ गते २१: २६ मा प्रकाशित

कमला घिमिरे,पाणिनी।मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत ग्रामीण अल्ट्रासाउन्ड घुम्ती सेवा आज अर्घाखाँचीको पाणिनी गाउँपालिका, पोखराथोक स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । पाणिनी गाउँपालिका संचालन भैरहेको ग्रामीण अल्ट्रासाउन्ड घुम्ती सेवा विभिन्न वडाबाट दिने क्रममा आज पालिकाको वडा न. २ पोखराथोकमा संचालन गरिएको हो ।

पाणिनी गाउँपालिकामा ग्रामीण अल्ट्रासाउन्ड घुम्ती सेवा शुरु भएपछि सथानियहरु खुशि भएका छन् । यो सेवा निरन्तर रुपमा वडा स्थीत सवास्थ्य चौकिबाट प्रदान गर्ने गरिएको छ । 

अडगुरीबाट शुरु गरिएको सो सेवा क्रमश सबै वडाहरुबाट पालैपालो प्रदान गर्ने गरि तय गरिएको थियो । यस्तै स्वास्थ्यचौकिमा संचालनमा रहेको ल्याव सेवाको वडा अध्यक्ष चन्द्रकान्त पौडेल ले निरिक्षण गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्