प्रथम जिल्ला मिडिया सम्मेलन पाणिनीमा हुँदै

| २०८० असोज १७ गते २०: ३९ मा प्रकाशित

अर्घाखाँची। पाणिनी गाउपालिकामा प्रथम जिल्ला मिडिया सम्मेल हुने भएको छ।

अर्घाखाँचीको पाणिनी गाउपालिकामा पाणिनी पत्रकार समाज नेपालको आयोजनामा यहि असोज १९ र २० गते जिल्ला मै पहिलोपटक मिडिया सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा अर्घाखाँची जिल्लाका मिडिया तथा सकृय पत्रकारहरुको उपस्थिती रहने पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानिले जानकारी दिए । प्युठानिका अनुसार  कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको छ ।

जिल्लाको समग्र बिकास र पर्यटन प्रवर्द्धनमा ग्रामीण पत्रकारिताको भुमिका सम्मेलनको मुख्य बिषय रहने आयोजक संस्थाका सल्लाहकार बिजय पोखरेलले जानकारी दिए ।

कार्यक्रममा पाणिनि गाउँपालिकाको पाणिनी तपोभुमिमा पुगि घोषणा पत्र जारी गरि सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्