अर्घाखाँचीकी चेलीको ह'त्या' गरिएका भनिएका फरार निजका श्रीमान् नवीन न्यौपाने ९ दिन पछि पक्राउ

| २०८१ बैशाख ३ गते १९: ०१ मा प्रकाशित

अर्घाखाँची। दुवईमा अर्घाखाँचीकी २९ बर्षिया चेली राधा घिमीरेको टाउको मा र'क्सि'को बो'त'ल प्रहार गरि युएईको अजमान स्थित चाईना महल को झ्याल बाट फालेर  ह'त्या' गरिएका भनिएका निजका श्रीमान् नवीन न्यौपाने लाई आज दुवई प्रहरीले पक्राउ गरेको खबर प्राप्त भएको छ। 

झन्डै एक बर्ष अघाडी रोजगारीको शिलशिलामा दुवई पुगेकी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानकी राधा घिमिरेको चैत्र २४ गते अर्थात अप्रिल ६ गते शनिवार आफ्नै श्रीमानले युऎई को समय अनुसार विहान ३ बजे टाउको मा र'क्सि'को बो'त'ल प्रहार गरि झ्याल बाट फाल्दा दु:खद निधन हुन् पुगेको थियो। 

राधा घिमिरे को ह'त्या पश्चात कैलालको टिकापुर निवासी  नवीन न्यौपाने ९ दिन देखि फरार रहेका थिए। उनलाई युएईको एक शहर बाट लुकिछुपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी आएको छ। 

यस गम्भीर घटनाको नवीन न्यौपाने माथि युएई प्रहरीले गहिरो रुपले अनुसन्धान गरिरहेको छ,साथै युएई प्रहरीले  निजलाई कडा भन्दा कडा कारवाही गर्ने आश्वासन 

मृतक राधा घिमिरेका आफन्तजनलाई दीएको बुझिएको छ। 

प्रतिक्रिया दिनुहोस्