नेपाली काङ्ग्रेस छत्रदेव ६ वडा कार्य समितिद्वारा शोकसभा सम्पन्न (तस्विर सहित)

| २०८० चैत २१ गते २२: ४८ मा प्रकाशित

कमला घिमिरे पाणिनी। अर्घाखाँचीको छत्रदेव गाउँ पालिका वडा नं - ६( साविक ठुलापोखरा गा. वि.स.वडा नं.-८ )चौतारा निवासी नेपाली कांग्रेस ठुलापोखराका क्षेत्रिय प्रतिनिधि श्री हुमलाल पौडेलका पूज्यनीय पिता तथा नेपाली कांग्रेस अर्घाखाँची जिल्लाका जिल्ला सह - सचिव श्री कमल पौडेलका हजुरबुबा स्व .खिमलाल पौडेलको  सातौं दिनमा पुण्य तिथिको अवसरमा आज मिति २०८०साल चैत्र २१गते  नेपाली कांग्रेस वडा कार्य समिति ठुलापोखराको आयोजनामा शोक सभा सम्पन्न भएको हो। 

शोकमन्तव्य राख्दै कार्यक्रमका काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल `मुस्कानले खिमलाल पौडेलको  निधनले काङ्ग्रेसले एउटा् खम्बा  अभिभावकत्त्व गुमाएको बताउनुभयो साथै उहाँका कुरा स्मरण गर्दै :मुस्कानले  काङ्ग्रेसलाई एकढिक्का बनाउन महत्वपुर्ण भुमिका खेलेको धारणा राख्नुभयो । 

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति केशव श्रेष्ठले अभिभावक खिमलाल पौडेलको निधनले कांग्रेसलाई अपुरणिय क्षति पुगेको र उहाँले देखाएको बाटोमा आफुहरु सँधै अगाडि बढ्ने बताउनुभएको छ । साथै उहाँहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गदै शोकाकुल घरपरिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

शोक सभा सम्पन्न

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ,प्रमुख उपस्थिमा सम्पन्न शोक सभामा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल `मुस्कान,नेपाली काङ्ग्रेस जिल्ला सभापति केशब श्रेष्ठ ,नेपाली काङ्ग्रेस प्रदेश सदस्य शान्ता भन्डारी,छत्रदेव गाउँ पालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ,पुर्व मेयर कमल प्रसाद भुसाल ,जिल्ला उपसभापति बिष्णु  प्रसाद भुसाल, सचिव कृष्ण प्रसाद खनाल ,अचुत गौतम , सहसचिव मेघराज पाण्डे ,तरुण दल,  नेविसंघ महिला संघ, युनियन काङ्ग्रेसका नेता, स्थानिय नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिती रहेको थियो । स्वर्गीय खिमलाल पौडेलको   कामना गर्दै शोकाकुल परिवारजन धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै हार्दिक समबेदना व्यक्त गर्दै । 

 छत्रदेव ६ ठुलापोखराका सभापति धनिश्वर पाण्डेको   सभापतित्व, रुपनारायण पाण्डेको  सन्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्