पाणिनि गाउँपालिकाका कर्मचारीद्वारा जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई १ लाख ३५ हजार रुपैयाँ सहयोग

| २०८० कार्तिक २३ गते २२: ०३ मा प्रकाशित

कमला घिमिरे,सन्धिखर्क। अर्घाखाँचीको पाणिनि गाउँपालिकाका कर्मचारीहरुले जाजरकोट र रुकुम पश्चिमा भूकम्पबाट प्रभवितका लागि १ लाख ३५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

गत शुक्रबार राति गएको भूकम्पमा प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका पीडितको राहतका लागि सो रकम राहत कोषमा सहयोग गरिएको हो । पाणिनि गाउँपालिकाका वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र पालिकामा कार्यरत कर्मचारीहरुको तर्फबाट १ दिन बराबरको तलब रकम सङ्कलन गरीएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

भूकम्पबाट एक सय ५३ जनाले ज्यान गुमाएका छन् भने तीन सय ६४ जना घाइते भएका छन् । उब्त पिडामा साथ दिन देशका तिनै तहका सरकार लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्