तीर्थयात्रा गराउँदै पाणिनी गाउँपालिका वडा नं छ कार्यालय, आवेदन दिन अनुरोध (सूचना पत्र सहित)

| २०८० मंसिर ११ गते १९: २९ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। जिल्लाको पाणिनी गाउँपालिका वडा न. ६ धातिवाङ्गका जेष्ठ नागरिकलाई वडा कार्यालयले यश वर्ष पनि धार्मिक भ्रमण गराउने भएको छ ।

आउदो मंसिर २५ गते बालाचतुर्दशीकाे दिन धातिवाङ्ग वडा कार्यालयले प्युठान जिल्लामा रहेको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीको २ दिने तिर्थयात्रा गराउँने भएको हो । वडा भरीका ६८ वर्ष माथिका जान सक्ने इच्छुक ज्येष्ठ नागरिकलाई भ्रमण गराईने बताइएको छ ।

वडा कार्यालयले आज एक सुचना जारी गर्दै सो जानकारी गराएको छ ।

वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले इच्छुक जेष्ठ नागरिकले आवेदन दिन अनुरोध गर्नुभएको छ । उक्त वडाले गत वर्ष पनि सोही समुहका नागरिकलाई तिर्थयात्राका लागि गुल्मिको प्रसिद्ध रिडिमा लगेको थियो ।

सुचना 

 

प्रतिक्रिया दिनुहोस्