शिक्षा समाज बिकासको मेरुदण्ड हो :अध्यक्ष टेकराज न्यौपाने

| २०८० मंसिर १६ गते २१: ३१ मा प्रकाशित

प्रकाश प्युठानी ,अर्घाखाँची ।
मङ्सिर १६ -  पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले शिक्षा समाज बिकासको मेरुदण्ड भएको बताएका छन ।

गाउँपालिकाको वडा न. ७ मा रहेको जनसेवा माध्यमिक बिधालयमा शुक्रवारबाट शुरु भएको शिक्षण सिकाइ सुदृढीकरणका लागि शिक्षक, बिधालय प्रतिनिधिको क्षमता बिकास र अभिभावक सचेतता सम्वन्धी कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन ।

कार्यक्रमका प्रमुख अथिती समेत रहेका अध्यक्ष न्यौपानेले शिक्षाको समग्र बिकासमा शिक्षकको अहम भुमिका हुने उल्लेख गर्दै त्यसका लागि शिक्षकको कर्तव्यबोधका अतिरिक्त अभिभावक, सामाजिक वातावरण र सहि नितिको समेत आवस्यकता रहेको उल्लेख गरेका छन । शिक्षाको बिकासका लागि आएका जुनसुकै योजनाको लागि आफू सकारात्मक रहेको उल्लेख गर्दै त्यसका लागि सरोकारवाला सबैसङ्ग सुझावको अपेक्षा गरेको बताएका हुन ।

कार्यक्रममा बोल्दै प्रशिक्षक रोमकान्त घिमिरेले शिक्षाको बिकास बिना कुनै क्षेत्रको पनि सफलताको अपेक्षा गर्न नसकिने बताउदै संसारको सबैभन्दा उत्कृष्ट पेशा शिक्षण पेशा रहेको बताउदै यसका लागि शिक्षकको सम्मान, पेशालाइ जिम्मेवारीको रुपमा लिदै पेशाप्रती गर्भ गर्दै लागाव राख्न अनुरोध गरेका थिए ।
कार्यक्रमका प्रशिक्षक बासुदेव घिमिरेले सबैभन्दा पवित्र पेशा नै शिक्षण पेशा भएकोले तसको मर्यादा राख्न सबैले जिम्मेवारीबोध गर्नुपर्नेमा जोड दिएका थिए । उनले निरन्तरको अभ्यासबाट मात्र सफलता प्राप्त गर्न सकिने उल्लेख गर्दै सकारात्मक सोचका साथ बिद्यार्थीलाई सत मार्गमा ल्याउन सकिनेमा बिश्वास ब्याक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै बिधालयका प्रधानाध्यापक शालिकराम बेल्वासेले समय र प्रशिक्षणका लागि प्रशिक्षक तथा अथितिहरुलाइ धन्यवाद दिदै सिकेका कुरा ब्यवहारमा उतार्न प्रयासरत रहने बताएका थिए । भगवती आधारभुत बिधालयका शिक्षक तिलक बेल्वासेले कार्यशाला सफल भएको भन्दै यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा गरेका थिए ।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक गोबिन्द पौडेलले गरेका थिए । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे , बिधालयका शिक्षक , ब्यवस्थापन समिती, शिक्षक अभिभावक संघका सदस्यहरू लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्