प्रथम वडाअध्यक्ष कप क्रीकेटको उपाधी धातिवाङले जित्यो, उपबिजेता मैदान

| २०८० माघ २ गते २१: ४६ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची, २ माघ । पाणिनी गाउपालिका वडा नं. ६ धातिवाङ्गको आयोजनामा भएको पाणिनी गाउँपालिका स्तरिय प्रथम वडाध्यक्ष कप क्रीकेट प्रतियोगिताको उपाधी धातिवाङ्गले जितेको छ ।

वडा नम्बर ६ मा रहेको थामचौर खेल मैदानमा भएको खेलमा धातिवाङले मैदानलाई ४९ रनले जितेको हो । धातिवाङले निर्धारित २० ओभरको खेलमा टस जितेर फिल्डिङ रोजेको मैदानलाई १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

१ सय ६८ रनको लक्ष्य पछ्याएको मैदानले १८ ओभरमा १ सय १९ रनमा अल आउट भएको थियो । धातिवाङ्गका लागि प्रीतम रास्कोटिले सर्वाधिक ५३ रन सहित अर्धसतकिय पारी खेले । भने मैदानका लागि दिपक बेल्बासेले सर्वाधिक २८ रन बनाएका थिए ।

यससंगै उपाधी बिजेता धातिवाङले १८ हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता मैदानले १२ हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


पाणिनी गाउपालिका वडा नम्बर ६ धातिवाङले आयोजना गरेको वडास्तरिय क्रीकेट प्रतियोगितामा ९ समुहको सहभागिता रहेको थियो । कार्यक्रमको समापन गर्दै पाणिनी ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले वडाबाटै क्रिकेट खेलाडी उत्पादन गर्नका लागी क्रिकेट खेलको आयोजना गरेको बताए । वडा सचिव राजन महत्राको सञ्चालनमा भएको समापन सत्रमा कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्य खगेश्वर पौडेल, हरिप्रसाद पौडेल, पुनिकुमारी कामी, स्वास्थ्य चौकीका इन्चार्ज मित्रदेव पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्