पाणिनी ४ का अध्यक्षले घिमिरेले गरे आफ्नै खर्चमा विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

| २०८० माघ १९ गते २२: ०२ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। पाणिनी गाउँपालिका वडा न. ४ पटौटी अर्घाखाँचीका वडा अध्यक्ष हरिप्रसाद घिमिरे र उहाँकी श्रीमती शान्ता घिमिरेले पाणिनिको एक बिद्यालयका विद्यार्थीहरुलाई स्विटर र शैक्षिक सामग्री बितरण गरेका छन।

घिमिरेले आफ्नी माता भुमिकला घिमिरेको ८३ औं जन्मोत्सव साथै शान्ता घिमिरेका स्वर्गीय पिता मणिराम भुसालको पुण्य तिथिको अवसर पारेर द्यौराली माध्यमिक बिद्यालयमा अध्ययन गर्ने गरिब तथा बिपन्न परिवारबाट आएका बाल कक्षा देखि ८ कक्षा सम्मका २४ जना बिद्यार्थीहरुलाई स्विटर र टोपी साथै कक्षा १-५ का बिद्यार्थीको लागि शैक्षिक सामग्री वितरण गरेका हुन ।

कार्यक्रममा बिद्यालयका शिक्षक, बिद्यालय ब्यावस्थापन समितिका पदाधिकारी, कर्मचारी तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्