भोलीदेखि पणेना–पोखराथोक हुदैँ सन्धिखर्कको लागि दैनिक रुपमा जीप छुट्ने

| २०८० चैत १७ गते १९: ३१ मा प्रकाशित

कमला घिमिरे,पाणिनी । आइतबार (भोली) देखि अर्घाखाँचीको पाणिनी गाउँपालिका– १ को पणेना–पोखराथोक–खिदिम हुदैँ सन्धिखर्कको लागि जीप सञ्चालन हुने भएको छ । पणेना, पोखराथोक, खिदिमका नागरिकलाई लक्षित गर्दै आइतबारदेखि जीप सेवा सूचारु हुन लागेको हो । 

श्रीनगर यातायात सेवा कम्पनी प्रालिबाट सञ्चालित लु १ ज २२५६ नम्बरको जीप सञ्चालनमा आउन लागेको हो । पणेना–पोखराथोक–खिदिम हुदैँ सन्धिखर्कसम्म दैनिक रुपमा यात्रुहरु आवतजावत गर्न सक्ने पाणिनी– ३ का वडाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो । पणेना–पोखराथोक–खिदिम हुदैँ सन्धिखर्क जाने सवारी साधनले यात्रुहरुको चाप थेग्न नसकेपछि अर्को गाडी थपिएको वडाध्यक्ष ज्ञवालीले बताउनुभयो । जीप पणेनाबाट बिहान ६ : ३० बजे छुट्ने छ । 

सोही रुटमा यात्रा गर्ने यात्रुहरुले सेवा लिनको लागि चालकलाई ९७४६३९५८६३, ९८६४४७०४६८ र शाखा इन्चार्जलाई ९८४७३४३१५७ मा सम्पर्क गर्न सक्नेछन् । प्रालिले कुनै बेलामा पनि यस गाडीबाट धोका नहुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्