हरेक कुरालाई नकारात्मक रुपमा नलिन गौतमद्वारा आग्रह

| २०८० चैत १७ गते २१: ०५ मा प्रकाशित

कमला घिमिरे। पाणिनी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा भए गरेका योजना तथा सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा पाणिनी गाउँपालिकाका पुर्व अध्यक्ष अच्युत गौतमले देशको आमूल परिवर्तनको हिस्सेदार राजनीतिक दल नै भएको बताउनु भएको छ । गौतमले पाणिनिको समग्र बिकासमा सकारात्मक र रचनात्मक सुझाव दिनुपर्ने बताउनुभएको हो । हरेक कुरालाई नकारात्मक रुपमा नलिन समेत गौतमले 

आग्रह गर्नुभएको छ । काम गर्दा गल्ती हुन सक्ने भन्दै ती गल्तिबाट सिकेर सेवाप्रदायकले पनि आफुलाई थप पारदर्शी र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्