सुसासन कायम गर्नु आफ्नो पहिलो दायित्व हो : अध्यक्ष न्यौपाने

| २०८० चैत १७ गते २२: ३३ मा प्रकाशित

कमला घिमिरे। पाणिनी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा भए गरेका योजना तथा सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले न्यून बजेटबाट धेरै महत्वाकांक्षा पूरा गर्नु चुनौती रहेको बताउनुभएको छ । 

पालिकामा अनियमितता हुने गरेका कुनै पनि प्रमाण भए पालिकामा उजुरी दिन र त्यस्तो पाइए कार्वाहीका लागि सिफारिस गर्न आफू तयार रहेको बताउनुभएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जनगुनासाहरुको जवाफ दिदै अध्यक्ष न्यौपानेले अनुगमनलाई तिव्रता दिने कुरामा आफू प्रतिवद्धता ब्याक्त गर्नुभएको छ । सुसासन कायम गर्नु आफ्नो पहिलो दायित्व भएको समेत अध्यक्ष न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्