पाणिनिको धातिवाङ्गमा खुला लोकभजन प्रतियोगिता हुने

| २०८० चैत १९ गते १४: ५२ मा प्रकाशित

अर्घाखाँची । पाणिनिको धातिवाङ्गमा खुला लोकभजन प्रतियोगिता हुने भएको छ । पाणिनि गाउँपालिका वडा नं. ६ को आयोजनामा यहि २०८१ साल बैशाख १ गतेका दिन उक्त कार्यक्रम हुन लागेको हो ।

“स्थानीय संस्कृति जगेर्नाका लागि लोक संस्कृति प्रवर्द्धन कार्यक्रम” अन्तर्गत यस कार्यालयद्वारा ‘लोक संस्कृति जगेर्नाको लागि स्थानीय तहको भूमिका’ शीर्षकमा खुला लोक भजन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम पाणिनिको वडा न. ६ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल सिद्धेश्वर गुफामा आयोजना गरिएको सूचनामा उल्लेख छ ।

लोक संस्कृतिको संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा संस्कृतिप्रेमी महानुभावहरुलाइ उपस्थितिको लागि आयोजकले विशेष आग्रह गरेको छ । प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार द्धितिय पुरस्कार १२ हजार, तृतीय पुरस्कार ८ हजार र शान्त्वना पुरस्कार ४ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

खुला लोकभजन प्रतियोगिता हुने 

 

प्रतिक्रिया दिनुहोस्