काङ्ग्रेस नेतृ भुसालद्वारा अर्घाखाँचीमा स्वास्थ तथा खाद्य सामाग्री सहयोग

| २०७८ असार १३ गते १६: १९ मा प्रकाशित

अशोक खनाल।नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पुस्पा भुसालले अर्घाखाँचीका विभिन्न संघ संस्थालाई स्वास्थ सामाग्री सहयोग गरेकी छिन् ।

शनिबार नेतृ भुसालले जिल्ला अस्पताल अर्घाखाँची, पत्रकार महासंघ र स्थानीय पालिकालाई स्वास्थ सामाग्री सहयोग गरेकी हुन् । नेतृ भुसालले अस्पतालका लागि २ वटा १० लि.का अक्सिजन कन्सर्ट्रेटर, मेसिन, माक्स र सेनिटाइजर, सितगङा, भुमिकास्थान नगरपालिका र , छत्रदेब गाउपालिकालाई अक्सिजन कन्सर्ट्रेटर मेसिन, माक्स र सेनिटाइजर, मालारानी गाउँपालिकालाई माक्स तथा सेनिटाइजर तथा नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखालाई माक्स तथा सेनिटाइजर प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल मार्फत हस्तान्तरण गरेकी हुन ।

यसका साथै नेतृ भुसालले जिल्लामा बाढी पहिराबाट प्रभावितहरुलाई वितरण गर्न जिल्ला बिपद ब्याबस्थापन समितिलाई खाध्य सामाग्रीहरु समेत हस्तान्तरण गरेकी छिन् । स्वास्थ तथा खाद्य सामाग्रीहरु हस्तान्तरण गर्दै नेतृ भुसालले जिल्लामा हुने कुनै पनि बिपदका वेला आफू र आफ्नो पार्टी सदैब जिल्ला वासीहरुको साथमा रहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्