ज्ञान प्रकाश माविमा सेनेटरी भेन्डिंङ मेसिन प्रदान

| २०८१ जेठ १ गते २१: २४ मा प्रकाशित

प्रदिप आचार्य,अर्घाखाँची।
 १ जेठ - अर्घाखाँचीको सन्धिखर्क १२ मा रहेको ज्ञान प्रकाश माध्यमिक विद्यालयमा रहेका छात्राहरुका लागिसेनेटरी  भेन्डिंङ मेसिन प्रदान गरिएको छ । 

 लायन्स क्लब अफ अर्घाखाँचीले  विद्यालयका छात्राहरुका लागि महिनावारी भएको समयमा प्रयोग हुने सेनेटरी प्याड उचित प्रयोगका लागि सेनेटरी भेन्डिंङ मेशीन उपलब्ध गराईएको लायन्स क्लब अर्घाखाँचीका सचिव प्रदिप आचार्यले बताउनुभयो ।

लायन्स क्लब अफ अर्घाखाँचीले सुरुवातको समय देखिनै सामाजिक उत्तरदायी र सेवाका कार्यहरू गर्दै आईरहेको लायन्स जोन चेयर प्रसन हरि प्रसाद भुसालले बताउनु भएको छ । 

मेशिन रास्ट्रिय  आबिस्कार केन्द्रमा निर्माण भएको र बजार मुल्य ६० हजार रहेको क्लबका अध्यक्ष प्रकाश परियारले बताउनु भयो । विद्यालयका प्रधनाध्यापक सूर्य बहादुर खनालले मेसिन प्रदान गरेकोमा  क्लब प्रती आभार ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्