सन्धिखर्कमा उद्धार गर्न चुक्दै जनप्रतिनिधि

| २०७८ असार १३ गते १६: २७ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँची सन्धिखर्क नगरपालिका वाड नम्बर १० रुब्दि बाँगी खोला किनारमा विगत ६ वर्ष देखि बस्दै आएका फुर्सी नेपाली को परिवार भीषण वर्षाको कारण वासविहिन भएको छ। 

सामाजिक संजालमा प्रचारवाजी गरे पनि वास्तविक पीडित लाई उद्धार गर्न  जनप्रतिनिधि सामाजिक अभियानता चुक्दै छन ।

महामारी संगै जेठमहिना को अन्तिम हप्ता बाट निरन्तर भीषण वर्षाले गर्दा टहरामा पानी पसेपछि बासबिहिन हुन पुगेका हुन। फुर्सी नेपालीको परिवार लाई स्थानीय कल्पना खड्का ले बास दिएको बताउछिन् । 

एकातिर कोरोना को डर छ भने अर्को तिर बाढिको डर  डर माथि डर थपिदैगएको छ। वास्तविक पीडित लाई कसले फर्केर हेर्दैनन नखाने  कुरा छ नबस्न लाइ बास  तीन देखि नखाने मन लाग्छ नसुत्ने हामी सुतेकै छैनौं फुर्सी नेपाली बताउछिन् । 

आर्थिक अवस्था निकै कम्जोर भएपछी रोजगारी को शिलशिला मा छोरा पुस्कर नेपाली विगत ६ महिना देखि छिमेकी देश भारत गएपनि सम्पर्क विहिन रहेको बताइन् । तीन छोराछोरी लाई बचाउन सारै गाह्रो भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्