सन्धिखर्कको गर्ता खहरे खोला सामुदायिक वनमा टिमुर रोपियो

| २०७८ असार १४ गते १८: ५५ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० को गर्ता खहरे खोला सामुदायिक बनमा टिमुरका बिरुवा रोपण गरिएको छ। 

खहरे खोला सामुदायिक वनमा टिमुर रोपियो
खहरे खोला सामुदायिक वनमा टिमुर रोपियो

 

सामुदायिक बनमा जडीबुटी तथा फलफुल खेती लगाएर स्थानीयको आयआर्जनमा बृद्धि गर्ने उदेश्यले सामुदायिक बनमा झण्डै ३५ सय टिमुरका बिरुवा लगाउन शुरु गरिएको डिभिजन बन कार्यलयका सहायक बन अधिकृत मोतीराम पौडेलले बताउनु भयो । 

बृक्षारोपणको आज एक कार्यक्रमको आयोजना गरी लुम्विनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरेले उद्धाटन गर्नु भएको हो । उद्घाटन समारोहमा मन्तब्य राख्दै सांसद घिमिरेले लगाएका टिमुरको उचित रेखदेख र हेरचाह गरी मनग्य आम्दानी गर्न सामुदायिक बनका उपभोक्ताहरुलाई आग्रह गर्नु भयो । जडिबुटी तथा मसलाको रुपमा सबैको भान्सामा प्रयोग हुने टिमुरको बजारमा माग बढी रहेको बताउनु भयो । 

सांसद रामजी प्रसाद घिमिरे

 

सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले सामुदायिक बनमा जडीबुटी र फलफुल खेती गर्नु पर्ने बताउनु भएको छ । जडिबुटी र फलफुल खेती गर्ने सामुदायिक वनलाई नगरपालिकाले सहयोग गर्ने जानकारी दिनुभयो । 

नगर उपप्रमुख ठाकुर कुमार बिक

 

कार्यक्रममा नेकपा माओवादीका प्रदेश सदस्य छमकुमारी खनाल, सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष रामचन्द्र पोख्रेल, गर्ता खहरे खोला सामुदायिक बनका अध्यक्ष डिलबहादुर रानाभाट  लगायतले मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रम डिभिजन बन कार्यलयका प्रमुख मोहन श्रेष्ठको अध्यक्षता र सहायक बन अधिकृत शिला पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्