सन्धिखर्क न.पा ९ मा आ.व ०७८∕७९ को आवधिक योजना तर्जुमा तथा सुझाब संकलन कार्यक्रम सम्पन्न

| २०७८ असार १५ गते ११: ३१ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं ९ को वडा कार्यालयको आयोजनामा आ.व ०७८∕७९ को को नयाँ बजेट बाडफाँडको लागि वडा स्तरिय योजना तर्जुमा तथा सुझाब कार्यक्रम सम्पन्न भएको छ । 

सन्धिखर्क नगरपालिकाबाट वडाको लागि छुट्टीएको एकमुस्ट रकम रु ६० लाख वडा नं ९ भित्रका साविक वडाहरुलाई समान रुपले बाडफाँड गर्ने र उक्त रकम वडा भित्र अधिकाँस रोजगार, स्वास्थ्य तथा शिक्षामा खर्च गर्ने वडा अध्यक्ष देवी वहादुर रायमाझीले जानकारी दिनु भयो । कति रकम कहाँ र कसरी खर्च गर्ने भन्ने अधिकार वडा भित्रका जनप्रतिनिधीहरुलाई मात्र भएतापनि सबैको राय सुझाव संकलन गरी स्थानीयहरुको मनोभावना अनुसार अगाडि बढ्ने जानकारी गराउदै पछिल्लो राजनिती घट्नाक्रमलाई जोडेर अन्य वडामा जनप्रतिनिधीहरुले मात्र बजेटको बारेमा निर्णय गरे पनि आफ्नो वडाले सबैलाई समेटेर जाने मध्य पहिलो वडा भएको ठोकुवा गर्नु भएको थियो । 

यसैगरी सुझाबहरु संकलन गर्ने क्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा राजनितीक दलका प्रतिनीधिहरुले एउटै बचन कृषि  पशुपन्छी र युवा लक्षित कार्यक्रलाई जोड दिएका थिय । कार्यक्रममा स्थानीय समाजसेवी तथा अर्घा रजस्थल मा.वि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम वहादुर रायमाझी (क), स्थानीय समाजसेवी राम वहादुर रायमाझी (ख) ने.क.पा (माओवादी केन्द्र) का वार्ड अध्यक्ष बेदुराम भुसाल,नेपाली कांग्रेस वार्ड अध्यक्ष झविन्द्र खड्का, ने.क.पा (एमाले) वार्ड प्रतिनिधी बसन्त के.सी, राष्ट्रिय जनमोर्चा वार्ड प्रतिनिधी, जनता समाजबादी पार्टीका प्रतिनिधी बोम वहादुर वि.क, स्थानीय समाजसेवी तथा मेघ वहादुर कार्की, स्थानीय समाजसेवी तथा पुर्व प्रधानाध्यपकल शालिकराम भुसाल, अर्घा रजस्थल मा.वि का प्रधानाध्यपक छविलाल चुदाँली, स्थानीय समाजसेवी वल वहादुर रायमाझी, भगवती आधारभुत विद्यालयका प्रधानाध्यपक हरि वहादुर गन्धर्व, स्थानीय समाजसेजी तथा शिक्षक चिरन्जीवी भुसाल, स्थानीय समाजसेवी रामु थापा, नेपाल पत्रकार महासंघ अर्घाखाँची कार्य समिति सदस्य बसन्त वि.क, स्थानीय समाजसेवी ठाकुर गन्धर्व, रामजी परिया लगाएत अन्य थुप्रै स्थानीयहरुको उपस्थितिमा सम्पन्ध भएको थियो भने कार्यक्रम संचालन वडा सचिव गगन पाण्डेले गर्नु भएको थियो ।सुनौलोप्रेस बाट 

 

प्रतिक्रिया दिनुहोस्