सन्धिखर्क १ र २ का कौसी खेती गर्ने १२५ जना महिलाहरुलाई सामाग्रीहरु बितरण

| २०७८ मंसिर १८ गते २०: २० मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। सन्धिखर्क नगरपालिका वडानम्वर १ र २ का १२५ जना कौसी खेती गर्ने महिलाहरुलाई कौसी खेती गर्न आवश्यक पर्ने सामाग्रीहरु बितरण गरीएको छ । सन्धिखर्कमा सनिवार एक कार्यक्रमको आयोजनागरी सनपा १ का ७५ जना र सनपा २ का ५० जना महिलाहरुलाई उक्त सामाग्री बितरण गरीएको हो । 

सन्धिखर्क नगरपालीका वडानम्वर १ र २ को बडा कार्यालय र सिर्जनशिल दिगो बिकास संस्थाको संयुक्त आयोजनामा फोहर बाट मोहर बनाउने कार्यक्रम अन्तरगत उक्त सामाग्रीहरु बितरण गरीएको सन्धिखर्क नगर सभा सदस्य लक्ष्मण पराजुलीले जानकारी दिनुभयो ।

सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम वडानम्बर २ का वडाअध्यक्ष मोतिजङ्ग रायमाझी अध्यक्षता र नगर सभा सदस्य लक्ष्मण पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा सन्धिखर्क १ का वडाअध्यक्ष युवराज बन्जाडे, सुमित्रा कुमाल र सनपा १० का वडासदस्य भेषबहादुर क्षेत्रीलगायतको उपस्थिति रहेको थियो । उक्त सामाग्री २० प्रतिशत किसानको र ८० प्रतिशत संस्थाको लगानीमा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्