अर्घा भगवती विमानस्थलमा अब ५० सिटे जहाज अवतरण गर्ने: मालिका मन्दिरको डाँडो सबै का'टि'ने: नेता रायमाझी

| २०७८ मंसिर २९ गते १५: २१ मा प्रकाशित

रमेश थापा ,अर्घा।नेकपा एमालेका नेता तथा पुर्व उपप्रधानमंत्री टोप बहादुर रायमाझीले अर्घा भगवती विमानस्थलमा ५० सिटे जहाज ल्याउँने बताउँनु भएको छ। 

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर- ९ श्री अर्घा रजस्थल माध्यमिक बिधालय को ४७ औं बार्षिकोत्सव तथा अभिभावक समारोहको कार्यक्रम मा बोल्दै पुर्ब उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले सन्धिखर्क १० को धरम्पानी डल्ले बाटामा रहेको मालिका मन्दिर भएको सबै डाँडोलाइ काटेर विमानस्थलको रनबे लम्बाई १२ सय बनाउँने र ५० सिटे ठुलो बिमान अर्घाखाँचीमा ल्याउँने बताएका छन्। 

अहिले अर्घा भगवती बिमानस्थलको लम्बाई मात्र ७ सय रहेको र ७ सय लम्बाई रनबे भएको बिमानस्थलमा सानो जहाज ल्याउने भए उहिले नै ल्याउँने थियौं तर हामीहरुको चाहना ५० सिटे बिमान अर्घाखाँची मा ल्याउँने भएकाले अब केहि समय ५० सिटे बिमान का लागि पर्खिन जिल्लावासी लाई आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्