अर्घाखाँचीमा भएको बिकास देखेर अन्यत्र जिल्लावासी जि'ब्रो टो'क्ने गर्दछन: नेता रायमाझी

| २०७८ मंसिर २९ गते १५: ३५ मा प्रकाशित

रमेश थापा ,अर्घा।नेकपा एमालेका नेता तथा पुर्व उपप्रधानमंत्री टोप बहादुर रायमाझीले अर्घाखाँचीको बिकास देखेर अन्यत्र जिल्लावासी हरू अचम्मित हुने गरेको बताएका छन्। 

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर- ९ श्री अर्घा रजस्थल माध्यमिक बिधालय को ४७ औं बार्षिकोत्सव तथा अभिभावक समारोहको कार्यक्रम मा बोल्दै पुर्ब उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँची जिल्लामा मोटर बाटोको स्तरउन्नति का लागि परेको बजेट देखेर अन्यत्र जिल्लावासीले जि'ब्रो टो'क्ने गरेको बताउनु भएको छ। 

देशकै एक पहाडी नमुना जिल्ला र धेरै सडकहरु को बिस्तार गरिएको देशकै एक मात्र जिल्ला अर्घाखाँची रहेको बताउँदै ,अझै जिल्लामा बिकास निर्माण का गतिले   तिब्र रुप लिने बताएका छन्।मन्तव्यकै क्रममा रायमाझीले ढोरपाटन सडक सुचारु हुन् साथ् अर्घाखाँची देखि  बुटवल पुग्न २ घण्टा पनि न लाग्ने बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्