प्रथम ईश्वरी प्रसाद भुसाल स्मृति भलिबल कप प्रतियोगिता शुरु

| २०७८ फागुन १३ गते २१: २९ मा प्रकाशित

प्रेमनारायण आचार्य,अर्घाखाँची।
 १३ फागुन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ किमडाडामा प्रथम ईश्वरी प्रसाद भुसाल स्मृति भलिबल कप प्रतियोगिता शुरु भएको छ ।

भलिवल खेलको आज शुक्रबार एक कार्यक्रमका बिच लुम्विनी प्रदेशका पुर्ब कानून मन्त्री तथा प्रदेश सांसद चेतनारायण आचार्यले उद्धाटन गर्नु भएको हो । खेलको उद्धाटन गर्दै पुर्ब मन्त्री आचार्यले खेलकुदको विकासमा गम्भीर भएर लाग्न सरकारलाई आग्रह गर्नु भयो । 

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले विश्वमा नेपाललाई चिनाउने माध्यम खेलकुद भएकोले खेल क्षेत्रको विकासका लागि सन्धिखर्क नगरपालिका लागि परेको बताउनु भयो । 

उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिक, वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतिजंग रायमाझि, लिलाराम गौतम, लक्ष्मीनारायण चँुदाली लगायतको उपस्थिति रहेको थियो । 

उद्धाटन समारोह कार्यवहाक वडा अध्यक्ष नारायण प्रसाद अर्यालको अध्यक्षता, सदस्य देवी थापाको सञ्चालन र कमल पराजुलीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्