सदरमुकाम सन्धिखर्कमा खानेपानीको अभाब: लामो खडेरिले पानीका मुल सुक्न थाले

| २०८१ बैशाख १६ गते २१: ५९ मा प्रकाशित

केसब पन्थी ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको वडा नम्बर १ र२ को बजारक्षेत्रमा खानेपानीको समस्या देखिएको छ । 

नियमित दैनिक रुपमा आइरहेको खानेपानी लामो खडेरिका कारण मुल सुकेका र अब आकासबाट पानी परेर पानीका मुलाबाट पानी बढेर नआउन्जेल  दैनिक रुपमा बितरण गर्न नसक्ने अबस्था आएको सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्थाले सूचना निकालेर जानकारी दिएको छ ।

सूचनामा भनिएको छ "सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्थाको नियमीत रुपमा संचालनमा रहेको खानेपानी यो विगत लामो समय देखि भै रहेको सुख्खा मौसम र खडेरीको कारण पर्याप्त मात्रामा  पानी नभई  दैनिक वितरण खानेपानिमा कठिनाई भएकाले दैनिक रुपमा संचालित भएकाे पानी एक दिन विराएर संचालन हुने व्यहोरा जानकारीको लागी अनुरोध छ। साथै यस बाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति  सन्धिखर्क साना शहरि खानेपानी क्षमा प्रार्थी छ"।
                     
साथै अबदेखी एक दिन बिराएर मात्र खानेपानी बितरण गरिने भन्दै सस्थाले समय तालिका सार्बजनिक गरेको छ । 
                
तपशिलका क्षेत्रमा पानी आउने समय र स्थान 

२०८१/१/१७
चुत्रावेशी बजार, सन्धिखर्क वजार , कान्ति पथ ,हललाईन,मेन वजार देखी शंखेटारी तारामार्ग सियाले वजार सम्म र पाणिनि चाेक क्याम्पस जाने बाटाे देखि माथि तिरकाे बस्ती सम्म !

२०८१/१/१८
हटारी,वसपार्क,झिल्केडाडा ,पाणिनी चोक देखि मुनि, क्याम्पस लाईन ,अफिस लाईन,भण्खारी,नयावजार क्षेत्र सम्म
नोट- बसपार्कको लाईन विहान को समयमा संचालन हुने व्यहोरा जानकारी गराईन्छ। 
पुनश्च :- केही समस्या अथवा दुविधा पर्न गएमा कार्यलयको 

सम्पर्क नं. ०७७४२०००९ 
 सुचना अधिकारिकाे फाेन नं ९८५७०६१११९ 
मा सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्