वांगला स्वास्थ्य चौकीमा निःशुल्क दन्त शिविर

| २०७८ फागुन १३ गते २१: ४५ मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका-४ को वांगला स्वास्थ्य चौकीमा निःशुल्क एक दिने दन्त शिविर सम्पन्न भएको छ। सन्धिखर्क-४ को कार्यालय, वांगला स्वास्थ्य चौकी र शाइन रेसुंगा डेभ्लबमेन्ट बैंकको आयोजनामा सञ्चालन भएको शिविरमा १ सय ६७ जनाले दातको उपचार गराएका छन्। 

आधुनिक समाज डेण्टल क्लिनिक प्रालि बुटबलको प्राविधिक सहयोगमा सञ्चालित दन्त शिविरको जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले उद्धाटन गरेका हुन्। उनले दातको समस्या ग्रामीणस्तरमा बढी हुने भएकोले शिविर गाउँमै आउदा स्थानीयहरुलाई सजिलो भएको बताए। 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसाल, वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, शाइन रेसुंगा डेभलप्मेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, लगायतले मन्तब्य राखेका थिए। 

प्रतिक्रिया दिनुहोस्