सन्धिखर्क १० द्वारा गर्भवती र सुत्केरीलाई पोषण तथा सरसफाई सामाग्री वितरण

| २०७८ फागुन १३ गते २३: ०७ मा प्रकाशित

अर्घाखाँची १३ फागुन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० मा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण गरिएको छ । पोषिलो खाना र सरसफाइमा गर्भवती तथा सुत्ेकरी महिला तथा घर परिवारका महिलाहरुको ध्यान पुगोस भनेर पोषण तथा सामाग्री वितरण गरिएको नगर प्रमुख ठाकुर कुमार बिकले बताउनु भयो ।

वडा भित्र रहेका गर्भवती र २ बर्ष भित्रका सुत्केरी महिलाहरुका लागि अण्डा, चना, साबुन, कोलगेट, ब्रस लगायतका पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरिएको वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले बताउनु भयो । गर्भाबस्था देखि बच्चा २ बर्षको हुने समय सम्मको लागि सुनौला हजार दिन भनिन्छ ।

हजार दिनका महिलाहरुलाई अन्य समय भन्दा बडी मात्रामा पोषिलो खाना खानु पर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले जानकारी दिनुभयो । आज एक कार्यक्रमको आयोजना गरि हजार दिनका महिलाहरुका अण्डा, चना, साबुन, कोलगेट, ब्रस लगायतका पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो । कार्यक्रममा वडा सदस्य ऋषिकेस भुसाल, वडा सचिव विष्णु प्रसाद आचार्य, पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए कार्यक्रम धरम्पानी आधारभुत स्वास्थ्य केन्द्र अर्घाखाँचीका प्रमुख रमा पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्