सन्धिखर्क प्रवेश गर्ने मुख्य नाकामा प्रहरी चौकी स्थापना

| २०७८ फागुन १८ गते १९: २० मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क-७स्थित सन्धिखर्क प्रवेश गर्ने मुख्य नाका फुदवाङ्गमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ।

सन्धिखर्क–गोरूसिंगे सडक तथा सालझण्डी–ढोरपाटन सडकको मुख्य नाकामा हुने विभिन्न अपराधीक घटना नियन्त्रण गर्न सहज हुने भएकोले फुदवाङ्गमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक अम्मर बहादुर थापाले जानकारी दिए। 

अस्थायी प्रहरी चौकी निर्माणका लागि स्थानीय प्याराडाईज युवा क्लबले नि:शुल्क जग्गा उपलब्ध गराएको थियो। भवनको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले उद्घाटन गरेका हुन्। 

उद्घाटन कार्यक्रममा बोल्दै घिमिरेले राष्ट्रिय प्रसारण लाइन, महत्वपूर्ण सडकको क्षेत्रमा प्रहरी चौकी निर्माण गरेको बताए। उनले स्थानीय नागरिकको शान्ति सुरक्षा कायम गर्नको लागि टेवा पुग्ने बताए। 

प्रतिक्रिया दिनुहोस्