सन्धिखर्क बाट हराएको पल्सर मोटरसाइकल गच्छेगैराको जंगलमा भेटियो

| २०७८ चैत १२ गते २१: ०० मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १ रतहले बाट गय राति हराएको मोटरसाइकल आज दिउँसो सन्धिखर्क १० मा भेटिएको छ। 

गुल्मीको पुर्कोट घर भई  हाल सन्धिखर्क १ को रतहलेमा बसोबास गर्दै आएका राजन क्षेत्रीको बा. ४८ प ७२९७ नम्बरको निलो बजाज कम्पनीको पल्सर मोटरसाइकल हिंजो राति करिब ०१: ४५ बजेको समयमा घर नजिकै बाट एक्कासि चोरी भएको थियो। 

मोटरसाइकल चोरी भएको थाहा पाउँन साथ् राजन क्षेत्रीले प्रहरीलाई खबर गरेका थिए। नेपाल प्रहरीले बाइक चोरी भएको खबर पाउँन साथ जिल्लाका हरेक स्थानमा उक्त मोटरसाइकलको तिब्र रुपमा खोजि कार्य जारि राखेको थियो। खोजीकै क्रममा बिहार ईलाका प्रहरी कार्यालय बाट खट्टिएका प्रहरीले उक्त मोटरसाइकल सन्धिखर्क नगरपालिका वडा नम्बर - १० को बिहार देखि माथि रहेको गच्छे गैराको जंगलको खोल्सामा मोटरसाइकल तोडफोड गरि फालिएको अवस्थामा आज दिउँसो करिब ४ :३० बजेको समयमा फेला पारेको छ। 

चोरले मोटरसाइकलमा पेट्रोल सक्कीएपछि  तोडफोड गरि खोल्सामा फाल्न सकेको हुन् सक्ने प्रहरी स्रोतले जनाएको छ। यद्वपि मोटरसाइकल चोरि गर्ने ब्याक्ति भने अझैसम्म पता लाग्न सकीरहेको छैन। चोरको नेपाल प्रहरीले तिब्र रुपमा खोजिकार्य गरिरहेको खबर प्राप्त भएको छ। 

 

प्रतिक्रिया दिनुहोस्