अर्घाखाँचीमा कम्जोर आगलागी बिपद ब्यबस्थापन: लाखौं धनमालको क्षति सम्बन्धित नीकाय माैन

| २०७८ चैत १५ गते १८: ४४ मा प्रकाशित

गुरुदेब खनाल,सन्धिखर्क। अर्घाखाँची जिल्लामा बर्षेनि आगलागी का घटना हरुबाट ठूलो धन जन को क्षति भएको समाचार र खबर सामान्य भैसकेका छन। तर हरेक बर्ष  आगलागी बाट हुने ठूलो धन मालको नोक्सानी बाट रोक्न जिल्ला नगरपालिकामा प्रभाकारी नियोजन र योजना ब्यहबारिक रूपमा बन्न नसक्नु अर्घाखाँची बासिका लागि दुख र सम्बन्धित निकायका लागी निर्लज्ज को बिषय हो। कागजी रूपमा अनेक योजना  आगलागी बिपद ब्यबस्थापन को लागि कागजी रूपमा योजना तर्जुमा गरि केही बजेट सक्ने काम गरे पनि समस्या भने जस्ता का तस्तै छन।

आज अर्घाखाँचीको सन्धिखर्कमा लागेको आगलागी प्रतिनिधि घटना हो। जिल्लाको प्रमुख  सेवा सुबिधा उपलब्ध रहेको सदरमुकाम र जिल्ला दुबै संग  न आगलागी बिपद ब्यबस्थापन को पुर्ब तयारी छ न त नगरपालिका संग नै, एउटा भएको दमकल पनि बिग्रेको अबस्थामा त्यसलाई समयमै मर्मत गरि तयारी अबस्थामा राख्न नसक्नु जिल्ला नगरपालिका ब्यबस्थापन कमजोरी र यस्ता जोखिम पुर्ण राज्यका कर्तव्य मा सिधा लापरबाही र जनता माथि संबंधित निकायको चरम खेलवाड भएको छ।

जिल्ला को प्रमुख सदरमुकाम का मा त यस्तो आगलागी ब्यबस्थापन को हरि बिजोग छ भने दुर दराज गाउँ घरको अवस्था त राम भरोसा मा छोडिएको छ। न त यति ठूलो जिल्लामा एउटा दमकल त्यो पनि काम गर्ने अबस्थामा छैन।

यस्तै आगलागी लाई समयमै उपयुक्त तरिकाले रोक्न सके ठूलो धन मालको क्षति लाई बचाउन सकिन्थ्यो । नेताहरू र जनप्रतिनिधि  गफ  भाषण र कमिसन मस्त रमाएका छन भने कर्मचारी प्रशासन भष्टचार र राजाको काम कहिले लाग्ला घाम भने जस्तै, न जिम्मेवारी छ न त सामाजिक चिन्ता नै। जिल्लामा बर्षेनौ करौडौ अरौबौ बजेट अनावश्यक क्षेत्र र आर्थिक अनिमियता मा खर्च हुन्छ, भ्यु- टाबर जस्ता अनउपयोगी र नचाहिने क्षेत्रमा   खर्च हुन्छ तर यस्ता जनता लाई दीर्घकालीन सम्म मर्का पर्ने जाहेज आगलागी बिपद ब्यबस्थापन मा खर्च गर्न किन सक्दैनन्।

यस्ता जोखिम र आगलागी बिपद ब्यबस्थापन जिल्लामा सधै  यो समयमा जोखिम को समयमा पुर्ब तयारी अबस्थामा रहन र आबस्यक थप सुधार सहित अचुक ब्यबस्थापन गर्न सम्पुर्ण समबन्धित पक्षलाई हार्दिक अनुरोधगर्दछौं । प्रशासनले मात्र बिज्ञप्ती निकालेर हैन प्रभाबकारी पुर्ब तयारी अबस्थामा पनि रहनु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्