अर्घाखाँचीको औवला खोलाका एक पुरुष बुटवलको मुर्गियाबाट बेपत्ता

| २०७९ बैशाख ९ गते १७: ०१ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा - ३ का एक बिबाहित पुरुष हिंजो देखि बुटवल मुर्गिया बाट एक्कासि बेपत्ता भएका छन्। 

हिंजो अर्थात बैशाख ८ गते दिउँसो करिब ४ बजेर १५ मिनेटको समयमा आफ्नो घरपरिवार संग कोठा भाडा लिएर बुटवलको मुर्गियामा बसोबास गर्दै आईरहेका सन्धिखर्क नगरपालिका वडा नम्बर - ३ अवौला खोला घर हुने ३६ बर्षिय इन्द्र कुमार मुर्गिया बाट बि.क एका - एक बेपत्ता भएका हुन्। 

बेपत्ता हुने इन्द्रकुमार बिककी श्रीमतीका अनुसार कोठा बाट श्रीमान् एक्कासि बाहिर निक्लिएको र केहि बेरमा फर्केर आउँनुहुन्छ  होला भनेर कुरेर बस्दा सम्म इन्द्र कुमार बिक अहिले सम्म घरपरिवार बाट सम्पर्कबिहीन रहेपछि बिककी श्रीमती लगायत उनका घरपरिवार अत्यन्तै चिन्तामा रहेका छन्। 

सन्धिखर्क ३ को औवाला खोला घर हुने इन्द्र बहादुर बिक बिगत ३ बर्ष यता देखि बुटवल को मुर्गियामा आफ्नो घर परिवार संग बसोबास गर्दै आईरहेको निजकी श्रीमती बबिता बिक ले अर्घाखाँची बुलेटिनलाई जानकारी दीएकि छिन। 

बेपत्ता हुने इन्द्र बहादुरको घरमा २ छोरा र एक श्रीमती रहेकी छिन। कृपया माथि तस्विर मा देख्नुहुने इन्द्रबहादुर लाई कहिँ कतै देख्नु भएमा नजिकको प्रहरी कार्यालय वा-  ९८६६१९९२६६ निजकी श्रीमतीको नम्बरमा तुरुन्तै खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। 

 

प्रतिक्रिया दिनुहोस्