क्यान्सर पिडित प्रेमबहादुर थापा लाई आर्थिक सहयोग

| २०७९ जेठ १५ गते १५: २० मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर – १० को बेल्टारी हाल सन्धिखर्क निवासी फोक्सो क्यान्सर पिडित प्रेमबहादुर थापाको उपचारका लागि अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्च (Iaco)ले आर्थिक सहयोग गरेको छ ।

विभिन्न देशमा रहने अर्घाखाँची बासीको साझा संस्था को रुपमा सन २०१२ मा स्थापना भएको संस्था अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मञ्च ( Iaco) ले जिल्लामा सामाजिक कार्य गर्दै आएको छ। सन्धिखर्क नगरपालिका वडा न २ भक्तिटोल ४० वर्षीय प्रेमबहादुर थापाको निवासमा पुगेर अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्च (Iaco) का अध्यक्ष रन्जित कुमार क्षेत्री उपाध्यक्ष छविलाल गिरि , महासचिव दामोदर भुसाल ,सल्लाहकार तथा पत्रकार हरि भुसाल लगाएत को उपस्थितिमा नगद १० हजार हस्तान्तरण गरेका छ्न ।

पारिवारिक आर्थिक अवस्था कम्जोर भएका पीडित प्रेमबहादुर थापाको परिवारमा श्रीमती , दुई छोरी एक छोरा रहेको बताए ।

अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्च (Iaco) का अध्यक्ष रन्जित कुमार क्षेत्रीले प्रेमबहादुर थापाको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्