अविरल बर्षाका कारण आएको बाढीले अर्घा रानी गैराको मकैबालीमा मच्चायो बितण्डा : ३ घरहरु बाढीको उच्च जोखिममा

| २०७९ असार १५ गते १८: ३६ मा प्रकाशित

रमेश थापा ,सन्धिखर्क। गय राति परेको अविरल बर्षाका कारण जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाका बारीमा बाढी पस्दा मकै बालि नष्ट पारेको छ। 

अर्घा रानी गैरा निवासी मन ब. बि.क ,गोपाल नेपाली,बाबुराम नेपाली ,चन्द्र नेपालीका बारीमा रहेको मकैबालि बाढीले क्षति पुर्‍याए सँगै घरहरु पनि बाढीको उच्च जोखिममा रहेका छन्। 

बाढीले मकै बालि नष्ट पारिदिंदा अर्घा रानीगैराका कृषक हरु अत्यन्तै चिन्तामा रहेका छन्। कृषक हर प्रति जनप्रतिनिधिको हरुको गम्भीर ध्यानाकर्षण जावोस। 

प्रतिक्रिया दिनुहोस्