सन्धिखर्क गहुँचोर जन्म घर भई बेलायतमा रहनुहुने दधिराम चुँदालीद्वारा सनपा ९ र १० का बिपन्न घर परिवारलाई खाधान्न वितरण

| २०७९ सावन १ गते १७: ४९ मा प्रकाशित

रमेश थापा,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ को गहुँचोर का दधिराम चुँदालीले सन्धिखर्क १० र सन्धिखर्क ९ अर्घामा रहेका अति बिपन्न परिवारलाई खाधान्न वितरण गर्नु भएको छ। 

 खाधान्न वितरण 

गहुँचोर आफ्नो जन्म घर भई हाल बेलायतमा बसोबास गर्दै आउनु भएका दधिराम चुँदालीलेले करिब ३५ बिपन्न घर परिवारलाई ३० केजी चामलका दरले खाधान्न खाधान्न वितरण गर्नु भएको हो। 

खाधान्न वितरण कार्यक्रममा निजकी आमा साबित्रा चुदाली, जनार्द्न खनाल, माया खनाल, दिपा चुदाली ,दिक्षान्त चुदाली ,स्यामलाल चुदाली ,छबिलाल भुसाल ,रमेश थापा ,स.न.पा १० का पुर्व वडा अध्यक्ष लक्ष्मी नारायण चुदाली ,दधिरामका भाई छबिलाल चुंदालीको उपस्थिति रहेको थियो। 

लक्ष्मी नारायण चुदाली 

सहयोगी मनका धनि दधिराम चुँदालीलाई बिपन्न घरपरिवारहरु ले धेरै भन्दा धेरै धन्यबाद दिएका छन्। दधिराम चुँदालीलेले गत बर्ष पनि ३० घर परिवारलाई खाधान्न वितरण गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्