अर्घाखाँचीको अर्घामा एक बाँदरलाई बचाउन खोज्दा २७ बाँदर पोखरीमा डुबेर म'रे

| २०७९ असोज १६ गते १६: २८ मा प्रकाशित

प्रेमनारायाण आचार्य ,सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क ९ अर्घामा रहेको पोखरीमा डुबेको अबस्थामा २७ बाँदर मृत भेटिएका छन् । सन्धिखर्क नगरपालिका ९ अर्घामा रहेको सिँचाई पोखरीमा डुबेर २७ बाँदर मरेका जिल्ला वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोती पौडेलले बताए । 

पहिला एउटा बादर पानी खान जाँदा पोखरीमा परेर पछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादरहरु पनि सोही ठाँउमा डुबेर मरेको हुन सक्ने स्थानीयको आशंका छ । 

पोखरी जंगलको बिचमा रहेको कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको स्थानीयको भनाइ छ । जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पान्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र  मरेका सबै  बाँदरलाई जनप्रतिनिधि, प्रहरी ,स्थानीयबासी सबैको रोहबरमा गाडिएको छ ।

प्रतिक्रिया दिनुहोस्